११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

त्रिपाल भित्रको रेल संचालनको तयारी



काठमाडौं । सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो ।

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ ।

लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीब्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउदैं प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पुरा भएको जानकारी दिदैं भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए । उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको पनि बताए ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव इन्जिनियर श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिएका छन् । उनले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक बर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यताअध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरिरहेका बताए । उनले जल यातायात नियमन गर्न ऐन कानुनहरु अगाडी बढाएको पनि बताए ।

सचिव श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउदैं त्यसका धेरै सन्धीहको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : १० बजे

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा आफ्नो प्रमुख सचेतकको जिम्मेवारी ऐन

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अन्तिम समयमा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया

सुकुम्बासीलाई बलपूर्वक हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले बागमती नदी किनारका सुकुम्बासी बस्तीहरू बलपूर्वक

नदी किनाराका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनाराका सार्वजनिक, सरकारी