११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

मन्त्रिपरिषद् बैठकद्वारा उखुको समर्थन मूल्य निर्धारण



काठमाडौं । सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ उखुको समर्थन मूल्य तोकेको हो ।

कृषि मन्त्रालयले सो मूल्य तय गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको थियो । सरकारले उखुको समर्थन मूल्य गतवर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढाएको छ । तर किसानहरुले भने ६५० रुपैयाँ तोक्न माग गर्दै आएका थिए ।

समर्थन मूल्यमध्ये ५२० रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान उपलब्ध गराउने छ । सरकारले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रतिक्विन्टल ५४४ रुपैयाँ ३३ पैसा निर्धारण गरेको थियो ।

सरकारले समर्थन मूल्य तोक्नु अघि नै किसानहरुले उद्योगहरुलाई उखु बेच्न सुरु गरिसहेका छन् । उखु किसानले उद्योगलाई दिएको उखूको मूल्य नपाएको भन्दै वर्षेनी आन्दोलन गर्दै आइरहेका छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १० : १० बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम