१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नयाँ सरकार गठनदेखिन नै विकास निर्माणले गति लिन सकेन : पूर्वमन्त्री नेम्वाङ



पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनु हुन्न भन्ने मात्रै रहेको बताएका छन् ।

वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाइ छ ।

पाँचथरको याङवरक गाउँपालिका-५ को वडा कार्यालय भवनको याङवरक-५ हिटिधारामा आयोजित कार्यक्रममा पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका आधारका रहेका काम नरोकिउन भन्ने मात्रै रहेको बताए ।

‘जनताका सुख र समृद्धिका लागि सुरुआत भएका काम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरा, गाउँगाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधार पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ,’ नेम्वाङले भने, ‘कथमकदाचित हामीले जनताका लागि गरेका विकासका योजना ओझेलमा त पदैनन् ? यो हो हाम्रो चिन्ताको विषय ।’

तर, जनताको विकास र समृद्धिका चाहनाअनुसार सुरुआत भएका कामको निरन्तरताका लागि एमालेले खवरदारी गरिरहने नेम्वाङले वताए । ‘कालोपत्रे सुरुआत भएका सडकको काम नरोकियोस् । चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुगोस । गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस्,’ नेम्वाङले भने, ‘समृद्धिका अभियानमा सुरुआत भएका काम अब रोकिनु हुन्न भन्ने मात्रै हाम्रो कुरा हो ।’ विकास र समृद्धिको अभियानमा सचेत भएर बस्न र आवश्यकताअनुसार खवरदारी गर्न उहाँले आम नागरिकलाई आह्वान गरे ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाबाट कुनै पनि सरकार अलग हुन नसक्ने वताउँदै पूर्वमन्त्री नेम्वाङले घरबारविहीनले घर पाउने, फुसको छानो हुनेले जस्तापाता पाउने, दलित, अपाङ्ग, अशक्त तथा जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि हुँदै जाने कुरालाई रोक्ने र अवरुद्ध पार्ने कल्पना समेत नगर्न चेतावनी दिए ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३३ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज