११ भदौ २०८३, बिहिबार | August 28, 2026

नयाँ सरकार गठनदेखिन नै विकास निर्माणले गति लिन सकेन : पूर्वमन्त्री नेम्वाङ



पाँचथर । पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनु हुन्न भन्ने मात्रै रहेको बताएका छन् ।

वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाइ छ ।

पाँचथरको याङवरक गाउँपालिका-५ को वडा कार्यालय भवनको याङवरक-५ हिटिधारामा आयोजित कार्यक्रममा पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका आधारका रहेका काम नरोकिउन भन्ने मात्रै रहेको बताए ।

‘जनताका सुख र समृद्धिका लागि सुरुआत भएका काम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरा, गाउँगाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधार पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ,’ नेम्वाङले भने, ‘कथमकदाचित हामीले जनताका लागि गरेका विकासका योजना ओझेलमा त पदैनन् ? यो हो हाम्रो चिन्ताको विषय ।’

तर, जनताको विकास र समृद्धिका चाहनाअनुसार सुरुआत भएका कामको निरन्तरताका लागि एमालेले खवरदारी गरिरहने नेम्वाङले वताए । ‘कालोपत्रे सुरुआत भएका सडकको काम नरोकियोस् । चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुगोस । गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस्,’ नेम्वाङले भने, ‘समृद्धिका अभियानमा सुरुआत भएका काम अब रोकिनु हुन्न भन्ने मात्रै हाम्रो कुरा हो ।’ विकास र समृद्धिको अभियानमा सचेत भएर बस्न र आवश्यकताअनुसार खवरदारी गर्न उहाँले आम नागरिकलाई आह्वान गरे ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाबाट कुनै पनि सरकार अलग हुन नसक्ने वताउँदै पूर्वमन्त्री नेम्वाङले घरबारविहीनले घर पाउने, फुसको छानो हुनेले जस्तापाता पाउने, दलित, अपाङ्ग, अशक्त तथा जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि हुँदै जाने कुरालाई रोक्ने र अवरुद्ध पार्ने कल्पना समेत नगर्न चेतावनी दिए ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि