४ पुस २०८२, शुक्रबार | December 20, 2025

फ्लाइओभरमा मोदी फसेपछि भारतको गृह मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको सुरक्षामा गम्भीर कमजोरी



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २० मिनेटसम्म फ्लाईओभरमा फँसेका छन् । सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री मोदी पन्जाब प्रान्तको एउटा फ्लाईओभरमा फँसेका हुन् । मोदी फँसेको घटनालाई सुरक्षामा गम्भीर कम्जोरी बताइएको छ ।

प्रधानमन्त्री मोदी एउटा स्मारकतर्फ जाने क्रममा प्रदर्शनकारी किसानहरुले उनको बाटो रोकेका थिए ।

केही साताअघि किसान आन्दोलनमा जथाभावी गाडी चलाएर किसानको हत्या गर्ने गृहमन्त्रीका छोरा र गृहमन्त्रीलाई कारबाहीको माग गर्दै किसानहरुले प्रदर्शन गरेका थिए । गृहमन्त्री अजय मिश्रलाई तत्कालै पदमुक्त गर्न किसानहरुले माग गरेका थिए ।

उत्तर प्रदेशमा किसानहरुको आन्दोलनमा अजय मिश्रका छोरा आशिष मिश्रले जथाभावी चलाउँदा चार जना मारिएका थिए । अजयले सुनियोजित ढंगले किसानको हत्या गरेको किसानसँग सम्बन्धित विभिन्न संघ संगठनले बताउँदै आएका छन् ।

‘यो प्रधानमन्त्रीको सुरक्षामा एउटा गम्भीर कमोजरी हो,’ गृह मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । प्रधानमन्त्री मोदीले फेरोजपुर सहरमा आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । कमजोर सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको गाडी विमानस्थल फर्काइएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको