१० श्रावण २०८३, आइतबार | July 27, 2026

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर



काठमाडौं । पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो ।

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ ।

यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ ।

साउनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा। रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १ : ०२ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले