२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर



काठमाडौं । पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो ।

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ ।

यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ ।

साउनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा। रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १ : ०२ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै