१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वंगलादेशजाने एथलेटिक्स खेलाडीलाई बिदाई, ट्रफि जितेर आउन शुभकामना



काठमाडौं । बंगलादेशमाहुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन”प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथाप्रशिक्षकलाई बिदाई गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको बताए ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भने, “हामी पुरस्कार तथा सम्मान कार्य विधि बनाउँदैछौं, जस मार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।”

जनवरी १० (पौष २६) गते बंगलादेशमाहुने म्याराथनमा १५ राष्ट्रको सहभागीताहुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका ह्न् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  २ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम