११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

वंगलादेशजाने एथलेटिक्स खेलाडीलाई बिदाई, ट्रफि जितेर आउन शुभकामना



काठमाडौं । बंगलादेशमाहुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन”प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडीहरुलाई बिदाई गरीएको छ । बिहिबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथाप्रशिक्षकलाई बिदाई गरेका हुन् ।

मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरुलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजाहुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरु ट्रफि बोकेरै स्वदेश फर्कनेमा आफु विश्वस्त रहेको बताए ।

पछिल्लो समय खेलाडीहरुको सम्मानकालागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भने, “हामी पुरस्कार तथा सम्मान कार्य विधि बनाउँदैछौं, जस मार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।”

जनवरी १० (पौष २६) गते बंगलादेशमाहुने म्याराथनमा १५ राष्ट्रको सहभागीताहुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका ह्न् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  २ : ३८ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३