७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिन : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् ।

आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा माथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् ।

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरुत्थानवादी र ‘सिनो’ बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ ।

‘म निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा छैन। कमलथापाले लेखेका छन्,’-‘यो प्रसंगलाई हारजीतसंग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १० : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल