२ पुस २०८२, बुधबार | December 17, 2025

विश्व इतिहासमा आजः फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविश्कार



आज ७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अकिहितोको राज्यरोहण

जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए ।

खमेर रुज सरकार ढलेको त्यो दिन

सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो ।

ग्यालिलियोको आविस्कार

सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाई थियो ।

फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमला

सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ७ : २५ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व