२८ भदौ २०८३, आइतबार | September 13, 2026

लिभिङ टुगेदर बसेका दुईजना रगतपिच्छे अवस्थामा मृत भेटिए



काठमाडौं । काठमाडौंको कपनमा लिभिङ टुगेदर बसेका दुईजना रगतपिच्छे अवस्थामा मृत भेटिएका छन् । संविगत २२ दिन देखि लिभिङ टुगेडरमा बसेका २६ वर्षीय अमिश जिमि र उमेर नखेलेकी युसिना राई गयराती मृत अवस्थामा भेटिएका हुन् । मृतक अमिश संखुवासभा र युसिना खोटाङका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

अमिशको ठुलीआमा नाता पर्नेको घरमा बसिरहेका उनीहरु मध्यराती १२ः३० बजे मृत अवस्थामा फेला परेको महानगरिय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहोस अवस्थामा कोठामा युवक र युवती रहेको सूचना पाए लगत्तै घटना स्थल पुगेको प्रहरी टोलिले शरिरका बिभिन्न भागमा धारिलो चक्कुले रोपेको अवस्थामा युवती र घाँटीमा चक्कुले रेटेको अवस्थामा युवकलाई फेला पारेको थियो ।

घटनास्थलमा पुग्दा प्रहरीले युवा अर्धनग्न अवस्था र युवती नग्न अवस्थामा पल्टिरहेकै अवस्थामा फेला पारेको थियो । मृतकयुवकको ढुकढुकी चलेको आशंकामा नजिकै रहेको चावहिल स्थित हेल्पिङ हेण्ड अस्पतालमा लगिएपनि स्वास्थ्य संस्थाले मृत घोषणा गरिदिएको थियो ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार