१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लिभिङ टुगेदर बसेका दुईजना रगतपिच्छे अवस्थामा मृत भेटिए



काठमाडौं । काठमाडौंको कपनमा लिभिङ टुगेदर बसेका दुईजना रगतपिच्छे अवस्थामा मृत भेटिएका छन् । संविगत २२ दिन देखि लिभिङ टुगेडरमा बसेका २६ वर्षीय अमिश जिमि र उमेर नखेलेकी युसिना राई गयराती मृत अवस्थामा भेटिएका हुन् । मृतक अमिश संखुवासभा र युसिना खोटाङका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

अमिशको ठुलीआमा नाता पर्नेको घरमा बसिरहेका उनीहरु मध्यराती १२ः३० बजे मृत अवस्थामा फेला परेको महानगरिय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहोस अवस्थामा कोठामा युवक र युवती रहेको सूचना पाए लगत्तै घटना स्थल पुगेको प्रहरी टोलिले शरिरका बिभिन्न भागमा धारिलो चक्कुले रोपेको अवस्थामा युवती र घाँटीमा चक्कुले रेटेको अवस्थामा युवकलाई फेला पारेको थियो ।

घटनास्थलमा पुग्दा प्रहरीले युवा अर्धनग्न अवस्था र युवती नग्न अवस्थामा पल्टिरहेकै अवस्थामा फेला पारेको थियो । मृतकयुवकको ढुकढुकी चलेको आशंकामा नजिकै रहेको चावहिल स्थित हेल्पिङ हेण्ड अस्पतालमा लगिएपनि स्वास्थ्य संस्थाले मृत घोषणा गरिदिएको थियो ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ३४ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट