२९ भदौ २०८३, सोमबार | September 14, 2026

नारायणहिटी सङ्ग्रहालय परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु



काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ ।

रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए। दाहालका अनुसार आजदेखि अधिकांश संरचना भत्काइएको छ भने केही भत्काउने तयारीमा रहेका छन् ।

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेपछि चौतर्फी विरोध सुरु भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन भएको छ । समितिले आज शुक्रबारदेखि आफ्नो काम सुरु गरेको उक्त समितिका सदस्य तथा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेलले जानकारी दिए ।

समितिले ती विवदित संरचना भत्काउनका लागि १२ जना कामदार खटाएको जनाएको छ । समितिले सङ्ग्राहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।

पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : ३४ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका