६ श्रावण २०८३, बुधबार | July 23, 2026

लुम्बिनी प्रदेशको राजधानी बनाउन संघीय सरकारले दियो एक अर्व रुपैयाँ



बुटवल । भइरहेको संरचनालाई परित्याग गर्दै नयाँ स्थानमा प्रदेशको राजधानी बनाउन तम्सेको लुम्बिनी प्रदेश सरकारलाई नयाँ स्थानमा राजधानी बनाउन संघीय सरकारले एक अर्व रुपैंया दिने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराउने भएको हो ।

प्रदेशसभाबाट दाङ देउखुरीमा स्थायी राजधानी बनाउने निर्णय गराएर राजधानी बनाउन अग्रसर भएको प्रदेश सरकारले भौतिक निर्माणका लागि बजेट नभएपछि संघीय सरकारलाई गुहारेको थियो । राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गरे ।

संघीय सरकारबाट प्राप्त रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने मुख्यमन्त्री केसीले बताए ।

मुख्यमन्त्री सहित केहि मन्त्रीहरुले संरचना बिना नै मन्त्रालयहरु देउखुरी सार्न दवाव दिएपनि कर्मचारी संयन्त्रले अस्विकार गरेका कारण प्रदेशको राजधानी अस्थायी मुकामकारुपमा बुटवलबाटै संचालन भईरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : १४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क