७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रदेशको राजधानी बनाउन संघीय सरकारले दियो एक अर्व रुपैयाँ



बुटवल । भइरहेको संरचनालाई परित्याग गर्दै नयाँ स्थानमा प्रदेशको राजधानी बनाउन तम्सेको लुम्बिनी प्रदेश सरकारलाई नयाँ स्थानमा राजधानी बनाउन संघीय सरकारले एक अर्व रुपैंया दिने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी निर्माणका लागि संघीय सरकारले एक अर्ब बजेट उपलव्ध गराउने भएको हो ।

प्रदेशसभाबाट दाङ देउखुरीमा स्थायी राजधानी बनाउने निर्णय गराएर राजधानी बनाउन अग्रसर भएको प्रदेश सरकारले भौतिक निर्माणका लागि बजेट नभएपछि संघीय सरकारलाई गुहारेको थियो । राजधानीका लागि आवश्यक पर्ने संरचना बनाउन संघीय सरकारले बजेट उपलव्ध गराएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिए ।

मुख्यमन्त्री केसीले जग्गा प्राप्तिका विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको कामले गति लिने पनि दावी गरे ।

संघीय सरकारबाट प्राप्त रकमबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहणलगायतका काम अगाडि बढाइने मुख्यमन्त्री केसीले बताए ।

मुख्यमन्त्री सहित केहि मन्त्रीहरुले संरचना बिना नै मन्त्रालयहरु देउखुरी सार्न दवाव दिएपनि कर्मचारी संयन्त्रले अस्विकार गरेका कारण प्रदेशको राजधानी अस्थायी मुकामकारुपमा बुटवलबाटै संचालन भईरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १० : १४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल