२ पुस २०८२, बुधबार | December 17, 2025

प्रेस चौतारी खोटाङको अध्यक्षमा राई



खोटाङ । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई (सिताराम) चयन भएका छन् । शनिबार दिक्तेलको होटेल शुभदिनमा सम्पन्न पाँचौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चुनिएका छन् ।

सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।

पत्रकार पाण्डे र आचार्य सम्मानित

प्रेस चौतारीले पत्रकार दीपक पाण्डे र इन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको छ । पत्रकारिता एवं श्रमजीवी पत्रकारको पक्षमा गरेको वकालत र योगदानको कदर गर्दै पत्रकार पाण्डे र आचार्यलाई जिल्ला अधिवेशनको अवसरमा सम्मान गरिएको प्रेस चौतारीका केन्द्रीय सदस्य एवं खोटाङ इन्चार्ज हरिबोल आचार्यले बताए ।

पत्रकार द्वयलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित पत्रकार पाण्डे प्रेस काउन्सिलका सदस्य तथा आचार्य प्रेसचौतारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : १० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन