५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु



एजेन्सी । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ ।

बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकारले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।

‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ । उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए ।

यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।

जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ३७ बजे

कांग्रेसमा कोइराला परिवारको उदाउँदो नक्षर सुधान्सु कोइराला

नेपालगन्ज । ४४ बर्षीय युवा शुधान्सु कोइराला, नेपाली कांग्रेसको तर्फबाट

गोकर्णको सपना : गुल्मी राष्ट्रिय प्रसारण लाइनमा जोडियो, १३२ केभी विद्युत प्रवाह सुरु

गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग

२० अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको

नेकपा (संयुक्त)द्वारा घोषणापत्र सार्वजनिक, विदेशी सहयोगमा निर्भरता अन्त्य गर्ने (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी ९संयुक्त०ले आफ्नो

लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न