२९ भदौ २०८३, सोमबार | September 14, 2026

आइडिया नेपालले गर्यो वार्षिक साधारणसभा, सरकारले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्ने



काठमाडौ । इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित आइडिया नेपालको वार्षिक साधारण सभामा सम्बोधन गर्दै सहरी विकासमन्त्री मन्त्री रामकुमारी झाक्रीले इन्टेरियरको क्षेत्र सँधै ओझेलमा परेकोले यसको प्रयोग विकासको क्षेत्रमा गर्नुपर्ने बताइन् ।

मन्त्री झाक्रीले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्न सरकारले पाइला चाल्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा आइडिया नेपालका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको क्षेत्रको विकास र यससँग सम्बन्धीत इन्टेरियर डिजाइनरहरुको उत्थान र प्रगतिको निम्ति लागि पर्ने बताइन् । अध्यक्ष कक्षपतिले इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादनसँग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउदा इन्टेरियरलाई पनि समावेश गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा पुर्याएको योगदानका लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : २६ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा