२३ बैशाख २०८१, आइतबार | May 5, 2024

आइडिया नेपालले गर्यो वार्षिक साधारणसभा, सरकारले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्ने



काठमाडौ । इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित आइडिया नेपालको वार्षिक साधारण सभामा सम्बोधन गर्दै सहरी विकासमन्त्री मन्त्री रामकुमारी झाक्रीले इन्टेरियरको क्षेत्र सँधै ओझेलमा परेकोले यसको प्रयोग विकासको क्षेत्रमा गर्नुपर्ने बताइन् ।

मन्त्री झाक्रीले इन्टेरियर डिजाइनलाई विकासको क्षेत्रमा प्रयोग गर्न सरकारले पाइला चाल्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा आइडिया नेपालका अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले आइडिया नेपाल इन्टेरियर डिजाइनको क्षेत्रको विकास र यससँग सम्बन्धीत इन्टेरियर डिजाइनरहरुको उत्थान र प्रगतिको निम्ति लागि पर्ने बताइन् । अध्यक्ष कक्षपतिले इन्टेरियर डिजाइन प्रत्यक्ष अप्रत्यक्ष रुपमा व्यवस्थित बसोबास, जनताको जीवनशैली, सामाजिक सभ्यता र कुनै पनि कार्यालय वा कार्यक्षेत्रको उत्पादनसँग सम्बन्धित बिषय बस्तु भएको हुनाले सरकारले पनि नीति नियम बनाउदा इन्टेरियरलाई पनि समावेश गर्न आग्रह गरिन् ।

कार्यक्रममा नेपाली आर्किटेक्ट क्षेत्रमा पुर्याएको योगदानका लागि रबिन्द्र पुरीलाई बिशेष सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : २६ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा