१८ चैत्र २०८२, बुधबार | April 1, 2026

यसकारण ‘कुछ कुछ होता हे’ मा काजोलले लगाइन् हेयरबेण्ड



काठमाडौं । निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मनपराउँछन् ।

फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाईको हरियो झण्डामात्र गाडेन, फिल्मले फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो । काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण उनको लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो । जुन रहस्यलाई वर्षौपछि करण जोहारले हालैमात्र खुलाएका छन् ।

हालैमात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए । यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए । करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।

‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन । तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन् । फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो ।

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ८ : ०७ बजे

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको