७ आश्विन २०८३, बुधबार | September 23, 2026

जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने



जुम्ला । आर्थिक बर्ष २०७७/७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै, चालु आर्थिक बर्ष २०७८/७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।

राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो । योभन्दा धेरै बढीले काठमाडाैंबाट राहदानी बनाउने गरेका छन् । न्यौपानेले भने, ‘यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।

राहदानी बनाउनेकाे संख्या बढ्नुकाे एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हाे । नागरिक समाजका अगुवा राजबहादुर महतले भने, ‘विदेश (तेस्राे मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’ गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् । स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’

 

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११