१० बैशाख २०८२, बुधबार | April 23, 2025

जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशकाे लक्ष्य विदेश जाने



जुम्ला । आर्थिक बर्ष २०७७/७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै, चालु आर्थिक बर्ष २०७८/७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।

राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो । योभन्दा धेरै बढीले काठमाडाैंबाट राहदानी बनाउने गरेका छन् । न्यौपानेले भने, ‘यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।

राहदानी बनाउनेकाे संख्या बढ्नुकाे एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हाे । नागरिक समाजका अगुवा राजबहादुर महतले भने, ‘विदेश (तेस्राे मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् ।’ गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन्, ‘रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् । स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।’

 

 

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ३२ बजे

प्रधानमन्त्रीसँग युएईका उपप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएई)

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक

खजुरा गाउँपालिकाले आजबाट घरघरबाट फोहर उठाउँदै

खजुरा । शहरोन्मुख बाँकेको खजुरा गाउँपालिकाले आजबाट पालिका अन्तर्गतको बजार

प्रधानमन्त्रीसँग फुटबल खेलाडी कार्लोसको भेटघाट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल

बुटवलमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा बैशाख ११ गते बुटवलमा