१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

विश्व इतिहासमा आजः डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग देखि एडमन्ड हिलारीको निधन



काठमाडौं । आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

पेरुमा विध्वशंकारी पहिरो

सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर चार हजार जनाको मृत्यु भएको थियो । ढुंगा र हिउँले भरिएको १२ मिटर अग्लो पर्खाल भत्किँदा रियो सान्ता उपत्यकामा नौ ओटा गाउँ पुरिएका थिए ।

डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग

डायबिटिज अर्थात चिनी रोगको उपचारका लागि सन् १९२२ मा पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।१४ वर्षीय लियोनार्ड थोम्पसनको टाइप १ डायबिटिजविरुद्ध पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।

एडमन्ड हिलारीको निधन

नेपालका तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथामा पहिलो पटक पाइला टेक्ने न्युजिल्यान्डका प्रख्यात पर्वतारोही एडमन्ड हिलारीको सन् २००८ को १० जनवरीमा निधन भएको थियो । हिलारीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ४५ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत