७ आश्विन २०८३, बुधबार | September 23, 2026

साकेलाका किसानले बिक्री गर्न थाले रेम्बो ट्राउट



खोटाङ । खोटाङको साकेला गाउँपालिका-३ खिदिमास्थित तावाहाङ रेम्बो ट्राउट कृषक समूहले रेम्बो ट्राउट बिक्री सुरु गरेका छन् ।

रेम्बो ट्राउट माछा, भुरा तथा रेम्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्राेतकेन्द्रको रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ सामूहिक रूपमा रेम्बो ट्राउट पालन सुरु गरेका किसानले तयारी माछा बिक्री सुरु गरेका हुन् । भुरा हालेको वर्ष दिनमा रेम्बो ट्राउट माछा बिक्रीयोग्य बनेपछि प्रतिकेजी एक हजार पाँच का दरले बिक्री सुरु गरिएको लगानीकर्ता निसन राईले बताए ।

आथिक वर्ष २०७७/०७८ मा खिदिमाको मखमलेमा ५० लाख १० हजारको लगानीमा स्थानीय यपोसी खोलाको पानी प्रयोग गरेर रेम्बो ट्राउट पालन सुरु गरिएको थियो । रेम्बो ट्राउट पालनका लागि १९ वटा (रेस-वे) पोखरी र फिल्टर ट्यांक निर्माण गरेर ६ चैत २०७७ मा १० हजार भुरा हालिएको थियो । यो लटमा करिब सात सय केजी माछा बिक्रीका लागि तयार भएको कृषक समूहले जनाएको छ । केही समयपछि फिसिङ तथा अर्डरअनुसार पोखरीस्थलमै पकाएर उपलव्ध गराइने राईले जनाए ।

आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रूपमा बिकास गर्दै कृषि पर्यटनको विकासका लागि स्थानीय किसानले रेम्बो ट्राउट पालन सुरु गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्य विकास निर्देशनालयको २५ लाख, वडा कार्यालयको पाँच लाख, गाउँपालिकाको चार लाख र तावाहाङ रेम्बो ट्राउट कृषक समूहको १६ लाख १० हजार लगानीमा रेम्बो ट्राउट पालन सुरु गरिएको हो ।

पाँच वडा रहेको गाउँपालिकाले २०७४ सालमा ‘एक वडा, पाँच पकेट क्षेत्र’ बनाउने कृषि कार्यविधि तयार पारेको थियो । सोही कार्यविधिलाई आधार मानेर खिदिमामा किवी, ट्राउट, आलु, मौरी र चियाको पकेट क्षेत्र बनाउने योजना बनाइएको थियो । सोही योजनाअनुसार प्रशस्त पानीका स्राेत भएको मखमलेमा रेम्बो ट्राउट पालन सुरु गरिएको हो । नेपाल रेम्बो ट्राउट फिस फर्म ललितपुरबाट रेम्बो ट्राउटको भुरा ल्याएर पोखरीमा हालिएको थियो ।

२०७४ सालमा खिदिमाका स्थानीय आफैले नाै लाख उठाएर गरेर रेम्बो ट्राउट पालनका लागि काम थालेका थिए । चारवटा पोखरी र फिल्टर ट्यांक पनि बनाएका थिए । त्यो बेला पोखरी निर्माण सम्पन्न नहुँदै भुरा ल्याइएपछि घाटा बेहोरेको तावाहाङ रेम्बो ट्राउट कृषक समूहले पुःन मत्स्य विकास निर्देशनालय, गाउँपालिका र वडा कार्यालयको सहयोगमा ५० लाखको योजना बनाएर १९ वटा पोखरी निर्माण गरेको हो ।

जिल्लाका दर्जनौं स्थानमा माछा विशेषज्ञसहित रेम्बो ट्राउटको सम्भाव्यता अध्ययन गरेका कृषिविज्ञ मदन राईले २०६९ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको तालखर्कमा रेम्बो ट्राउट पालन सुरु गरेका थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई