१४ चैत्र २०८२, शनिबार | March 29, 2026

मूल्य निर्धारणपछि धान बेच्ने भीड



वीरगन्ज । सरकारले किसानबाट धान खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ ।

सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार नौ सय दुई रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्टल रु दुई हजार ४०० छ ।

यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरिद गर्न थालेपछि बारा र पर्साका किसानको सोना मन्सुली धान बिक्री गर्न कार्यालयमा भीड लागेको कार्यालय प्रमुख विकास कटुवालले जानकारी दिनुभयो ।

यसपाली सरकारले किसानबाट धान खरिद गर्ने मूल्यमा निजीस्तरका उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत मिलेको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाहले बताए ।

व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरिद गर्दै आएको हो । कार्यालयका अनुसार यसवर्ष यस कार्यालयले सोना मन्सुली धान १५ हजार क्वीन्टल खरिद गर्ने लक्ष्य छ । यद्यपि हालसम्म करिब नौ हजार सोना मन्सुली धान खरिद गरिसकिएको कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले जानकारी दिए ।

कार्यालयले धान खरिद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ । कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  २ : १४ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको