५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

छानबिन समितिले प्रतिवेदन बुझायो तर हामीसँग केही सोधपुछ नै गरेन : आनन्दराज बतास



काठमाडौं । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरुसँग कुनै प्रतिक्रिया नै नलिइ रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरु [बतास समूह] सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ ।

‘जाँच गर्न बनेको समितिले हामीहरुसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि ! के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइनर ? न्युज कारखानासँगको कुराकानीमा बतासले भने, ‘सरकारी समितिले एकपक्षीय रुपमा प्रतिवेदन बुझाएको छ।’

नारायणहिटी दरबार संग्रहाल एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिनरक्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरुले प्रक्रियागत रुपमा नै टेण्डर हालेको उनले दाबी गरे ।

‘समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा कसैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौं र हाल्यौं । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौ,’ उनले भने ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ९ : ०८ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा