१२ बैशाख २०८३, शनिबार | April 25, 2026

तरुलले राम्रो मूल्य पाएपछि किसान दङग



सर्लाही । उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् ।

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । माघे सङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ । ती क्षेत्रका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ ।

विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दङ्ग छन् । गतवर्ष प्रतिकिलो रु ३५ देखि ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो रु ५० देखि ८० मा बिक्री भइरहेको छ । लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका वाग्मती नगरपालिका–५ राजघाटका किसान यमकुमार मगरले किसान, “यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन् । यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ ।”

उहाँका अनुसार माघे सङ्क्रान्ति नजिकिएसँगै किसानले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुगेका छन् । यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको वाग्मती नगरपालिका–८ शङ्करपुरका किसान जगबहादुर महतोको भनाइ छ । उनले प्रतिकठ्ठा रु २५ हजारमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताए। सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा रु १८ देखि २० हजार आम्दानी हुने गरेको किसानको भनाइ छ । माघे सङ्क्रान्तिमा विशेष फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लैजाने गरेको किसानले बताए ।

वैशाखमा रोपेको तरुल तीन दिनयता महतो आफैँले मजदुर लगाएर खनाइरहेका छन् । “व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु, नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु”, उनले भने, “काठमाडौंसम्म पु–याउन सके अझ राम्रो मूल्य पाइन्छ ।”

तरुलको फलाइ अनि जात हेरेर व्यापारीले मूल्य दिन्छन् उनले भने, “पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँछ ।” व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पु¥याउने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ ।

तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गर्दा रु सात हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानको भनाइ छ । यो मौसममा तरुल प्रतिकठ्ठा रु २८ हजारदेखि ३० हजारसम्म आम्दानी हुने किसानको अपेक्षा छ । राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

उनकाअनुसार यस क्षेत्रमा झुसे (पाताले)र रातो तरुलको खेती हुँदै आएको छ । जिल्लामा मात्र यसवर्ष करिब २८५ हेक्टर क्षेत्रफलमा तरुलखेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५०० टन तरुल उत्पादन हुने गरेको छ ।

यसवर्ष बढी वर्षात् भएका कारण तरुल उत्पादनमा कमी आउने हो कि भन्ने किसानलाई चिन्ता रहेको थियो । तर कम उत्पादन भए पनि मूल्य राम्रो पाउँदा आफूहरुलाई घाटा नहुने किसानले बताएका छन् । -रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ३२ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण

आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव