१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट



काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ। यो सेवा स्या फायर म्यानेजमेन्ट ग्रुप प्रा. लि. सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो।

यस सेवा मार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दाबढी ३ देखि ५ तारे होटलहरू खल्तीएपबाटै तुरुन्तै बुकिङ र भुक्तानी समेत गर्न सक्ने छन्। बुकिङ प्रक्रिया पूर्णरूपमा स्वचालित रहेको र भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै बुकिङ कन्फर्मेसन प्राप्त गर्ने सुबिधा रहेको खल्तीले जनाएको छ ।

खल्तीका अनुसार आन्तरिक उडान तथा बस बुक गर्ने प्रयोगकर्ताले अब गन्तव्यमा बास बस्ने होटल समेत बुक गर्न सक्ने भएकाले खल्ती अब भुक्तानी सेवामा मात्र सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मकारूपमा विस्तार भएको छ।

“यात्रा अझ सजिलो खल्ती मै” भन्ने अभियानका साथ सुरु भएको यस सेवाको अवसरमा खल्तीले सुरुवाती अफर समेत सार्वजनिक गरेको छ । सुरुवाती अफर अवधिभर होटल बुक गर्ने प्रयोगकर्ता मध्ये गोला प्रथाद्वारा छानिएका २० जना भाग्यशाली विजेताले प्रति बुकिङ अधिकतमरु. १,५०० सम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्ने छन्।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको यस समयमा उडान, बस र होटल दुवै एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउने र खल्ती होटल्स हाम्रो ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्य तर्फको महत्वपूर्ण कदम रहेको उल्लेख गरे ।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले भने, “खल्तीसँगको यस साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच दिनेछ भने यात्रुलाई भरपर्दो र प्रमाणित बासस्थानको सुनिश्चितता प्रदान गर्नेछ।

खल्ती होटल्स सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध रहेको कम्पीले जनाएको छ । बुकिङ सम्बन्धी सहयोगका लागि प्रयोगकर्ता तथा होटल ब्यबसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध रहने समेत कम्पनीको भनाई छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : ५७ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको