२९ भदौ २०८३, सोमबार | September 14, 2026

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट



काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा सञ्चालनमा ल्याएको छ। यो सेवा स्या फायर म्यानेजमेन्ट ग्रुप प्रा. लि. सँगको प्राविधिक साझेदारीमा सञ्चालन गरिएको हो।

यस सेवा मार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दाबढी ३ देखि ५ तारे होटलहरू खल्तीएपबाटै तुरुन्तै बुकिङ र भुक्तानी समेत गर्न सक्ने छन्। बुकिङ प्रक्रिया पूर्णरूपमा स्वचालित रहेको र भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै बुकिङ कन्फर्मेसन प्राप्त गर्ने सुबिधा रहेको खल्तीले जनाएको छ ।

खल्तीका अनुसार आन्तरिक उडान तथा बस बुक गर्ने प्रयोगकर्ताले अब गन्तव्यमा बास बस्ने होटल समेत बुक गर्न सक्ने भएकाले खल्ती अब भुक्तानी सेवामा मात्र सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मकारूपमा विस्तार भएको छ।

“यात्रा अझ सजिलो खल्ती मै” भन्ने अभियानका साथ सुरु भएको यस सेवाको अवसरमा खल्तीले सुरुवाती अफर समेत सार्वजनिक गरेको छ । सुरुवाती अफर अवधिभर होटल बुक गर्ने प्रयोगकर्ता मध्ये गोला प्रथाद्वारा छानिएका २० जना भाग्यशाली विजेताले प्रति बुकिङ अधिकतमरु. १,५०० सम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्ने छन्।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको यस समयमा उडान, बस र होटल दुवै एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउने र खल्ती होटल्स हाम्रो ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्य तर्फको महत्वपूर्ण कदम रहेको उल्लेख गरे ।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईले भने, “खल्तीसँगको यस साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच दिनेछ भने यात्रुलाई भरपर्दो र प्रमाणित बासस्थानको सुनिश्चितता प्रदान गर्नेछ।

खल्ती होटल्स सेवा खल्ती एपको ट्राभल तथा इन्टरटेनमेन्ट खण्डमा उपलब्ध रहेको कम्पीले जनाएको छ । बुकिङ सम्बन्धी सहयोगका लागि प्रयोगकर्ता तथा होटल ब्यबसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध रहने समेत कम्पनीको भनाई छ ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : ५७ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा