१९ बैशाख २०८३, शनिबार | May 2, 2026

आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान



काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर Masters in software Engineering अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।

यो सूचना प्रथमपटक प्रकाशित भएको मिति पुस २८, २०७८ देखि एक (१) महिनाभित्र इच्छुक व्यक्तिहरूबाट आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित तपसिलमा उल्लेखित ठेगाना वा इमेल मार्फत दरखास्त आह्वान गरिएको छ ।

जम्मा दुई (२) जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्नेछ । यसका अतिरिक्त कोरियामा स्नाकोत्तर अध्ययन गर्ने छात्र÷ छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहन्छ ।

रितपूर्वक प्राप्त हुन आएका आवेदकहरू मध्येबाट छनोटमा परेकालाई अन्तर्वार्ताको अवसर प्रदान गरिनेछ । छनोटमा परेका छात्र/छात्राहरुले सम्बन्धित निकायबाट लिनुपर्ने इजाजत स्वयम् आफैँ लिनुपर्नेछ । पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइनेछ ।

छात्रवृत्तिसँग सम्बन्धित संघ/संस्थाहरूबाट कम्तीमा एक/एक जनाको प्रतिनिधित्व हुनेगरी कम्तीमा पाँच सदस्यीय छात्रवृत्ति छनोट समिति गठन गरिनेछ र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार सोहि समितिमा निहित हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : २२ बजे

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी

तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं । काठमाडौं महानगरपालिका-१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको