६ श्रावण २०८३, बुधबार | July 22, 2026

रुद्राक्ष च्याप्ने क्लिपसहित अवैध औषधि बरामद



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका-१ बसपार्कमा बेवारिसे अवस्थामा रहेको रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधि प्रहरीले बरामद गरेको छ ।

खाँदबारीको बसपार्क नजिकै सडकको किनारमा छोडिएको अवस्थामा रुद्राक्ष च्याप्ने क्लिप र अवैध औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खसवासभाका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार प्रहरीको नियमित गस्तिको क्रममा सडक छेउमा थुपारिएको बोरा खोलेर हेर्दा विभिन्न सामग्रीहरु फेला परेको बताए ।

मंगलबार बिहान सडक छेउमा राखिएको बोरा भित्र ९ हजार ५ सय २० थान रुद्राक्ष च्याप्ने क्लिप, कृषि बालीमा लगाउने पिबिओजी नामको औषधी १ सय १६ प्याकेट, केएचटुपिओ नामको औषधी १५ प्याकेट, सिलिलोङ नामको औषधी २० बोतल र वाटर पम्प लेखिएको औजार एक थान फेला परेको हो । चेप्टो र चिल्लो रुद्राक्षको दाना चिचियाँ ब्यापारीहरुको रोजाईमा पर्दै आएको छ ।

सवै सामग्री भन्सार छलेर ल्याइएको हुन सक्ने प्रहरीले जनाएको छ । उक्त सामान हालसम्म कोही पनि दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बरामद भएको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी पठाईएको प्रहरी निरिषक अधिकारीले बताए । पछिल्लो समय रुद्राक्षको आकार परिवर्तन गर्नका लागि फल्दै गरेको दानामा क्लिप लगाईदै आएको छ ।

क्लिपले तल्लो र माथिल्लो भागबाट च्यापिदिएपछि सामान्यतया चेप्टो आकारको दाना निस्किेने गरेको छ । त्यस्तै, रुद्राक्षको दानालाई चिल्लो बनाउनका लागि विभिन्न औषधीहरु छर्किने गरिएको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : ४३ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज