१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कोरोना संक्रमणको विश्लेषण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समूह गठन



खोटाङ । खोटाङमा कोभिड-१९ को संक्रमण दर आँकलन तथा विश्लेषण गर्न सहजीकरण समूह गठन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल संयोजकत्वको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसिसी) को बैठकले कोभिड-१९ को संक्रमणको आँकलन तथा विश्लेषण गरी समन्वय गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय सहजीकरण समूह गठन गरेको हो ।

सहजीकरण समूहको सदस्यमा गोरखनाथ गण मुडे व्यारेकका सेनानी झनक थापा, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाह, सशस्त्र प्रहरी बल हलेसी गुल्मका सहायक प्रहरी निरीक्षक जीवन खतिवडा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सञ्जिव दाहाल, जिल्ला अस्पतालका मनिष पौडेल र स्वास्थ्य कार्यालयका भीष्म पाण्डेय छन् ।

७ माघदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले आगामी ७ माघदेखि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क लगायतका प्रवेशका लागि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरिएको हो । साथमा खोप कार्ड नभए मोबाइलमा चिखेको खोप कार्डको तस्बिर देखाएर पनि सार्वजनिक निकाय तथा सार्वजनिक स्थानमा प्रवेश गर्न मिल्ने प्रशासनले जनाएको छ ।

२५ जनाभन्दा बढीको उपस्थिति रहने मेला, भेला, महोत्सव एवं सामाजिक लगायतका कार्यहरुमा रोक लगाउने निर्णय गरिएको छ । सार्वजनिक स्थलमा धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, सामाजिक वा त्यस्ता प्रकृतिका कार्यक्रम नगर्न/नगराउन भनेको छ । अत्यावश्यक तथा नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

मास्न नलगाइ गाडी चढ्न नपाइने

सार्वजनिक सवारी साधनमा स्वीकृत सिटभन्दा बढी यात्रु राख्न नहुने, सबै यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, यातायात व्यवसायीले सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्नुपर्ने छ । मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेशमा रोक लाग्ने छ । यस्तै, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जाको प्रयोग गर्नुपर्ने छ भने सवारी साधनलाई दैनिक सेनीटाइज गर्नुपर्ने डिसिएमसीको निर्णयमा उल्लेख छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : १० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ