१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ओमिक्रोन भेरियन्टले एकबाट १० मा संक्रमण सार्ने, मृत्यु हुने सम्भावना २० गुणा बढी



काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहेका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।

“सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, उनले भने, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो दु्रत गतिमा फैलिन्छ ।”

आज एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउँछन् । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ”, उनले भने, “हामीले जनस्वास्थ्यका मापदण्ड लागू ग-यो भने सायद यसले व्यापक रुप लिँदैन ।”

हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ ।

“सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकी डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो”, सङ्क्रामक रोग विशेषज्ञ डा कोइरालाले भने, “ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ । खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गा-ह्रो नबनाउने उनको भनाइ रहेको छ ।

खोप नलगाएकामा १० गुणाबढी सङ्क्रमण

कोरोना भाइरसविरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएकोभन्दा १० गुणाबढी सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको उनले बताए । उनका अनुसार ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गा-ह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ । उनले दुई वटा खोप लगाए जित्न सकिने बताए ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : ४३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर