६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोनाको तेस्रो लहर विरुद्ध जुध्न खजुरा गाँउपालिका तयारी अवस्थामा



खजुरा । सीमानाकाबाट हरेक दिन नेपाल भित्रनेहरुमा कोरोना संक्रमण पष्टि हुन थालेपछि बाँके जिल्लाका स्थानीय तहहरुले सम्भाव्य कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी सुरु गरेका छन् । बाँकेको खजुरा गाँउपालिकाले कोरोना संक्रमणको दर बढेसँगै त्यस विरुद्ध लड्ने तयारी गरेको जनाएको छ ।

पहिलो र दोस्रो कोरोनाको लहरका बेला पनि उत्कृष्ठ कार्यक्रम सहित संक्रमण विरुद्ध उभिएको खजुराले तेस्रो लहरको सम्भावनाका विरुद्ध पनि पूर्व तयारी गरेको जनाएको छ । गाँउपालिकाले विगत देखि संचालनमा ल्याएको जनकशिक्षा केन्द्रको भवनमा रहेको आइशोलेसन केन्द्रको स्तर उन्नती गर्दै ४० बेडको सेवा दिन सक्ने बनाइएको र वार्ड नम्बर १ मा पनि आवश्यक परेको बेला चिकित्सक सेवा दिन सक्ने गरि १० बेडको आइशोलेसन केन्द्र तयारी अवस्थामा राखिएको गाँउपालिकाका कार्यकारी प्रमुख मनिराम खरालले जानकारी दिए । गाँउपालिकाको आइशोलेसनसँगै क्यान्सर अस्पताल रहेका कारण जुनसेकैबेला चिकित्सक सुबिधा दिन सक्ने गरि आइशोलसन बनाइएको खरालले बताए ।

खजुरा गाँउपालिकामा पहिलो लहरमा ४ जनाले र दोस्रो लहरमा ३७ जना गरि अहिले सम्म ४१ जना नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले बताए । खजुरामा पहिलो लहरमा ३८६ जना संक्रमित भएका थिए भने दोस्रो लहरमा ८१० र तेस्रो लहरको अहिले सम्ममा ८० जनामा संक्रमिण पुष्टि भईसकेको पौडेलले बताए । गाँउपालिकासँग एकजना चिकित्सक सहित ५६ जना स्वास्थ्यकर्मीहरु सम्भाव्य तेस्रो लहरसँग लढ्न तयारी अवस्थामा राखिएको उनले बताए ।

कोरोनाको पहिलो लहरमा बाँकेका कतिपय स्थानीइ तहले आइशोलेसन र होल्डिङ सेण्टर बनाउन अस्विकार गरेका बेला खजुराको क्यान्सर अस्पतालले संक्रमितहरुलाई सेवा दिएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ३ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ