१२ बैशाख २०८३, शनिबार | April 25, 2026

अन्त: शुल्क स्टिकरको छपाई नेपालमै गर्न अर्थमन्त्री शर्माको निर्देशन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तः शुल्क ‘स्टिकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।

‘हामीलाई करिब तीन अर्ब पिस स्टिकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टिकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टिकर उपलब्ध गराउनुहोस्।’

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्ने गरी व्यवस्था गर्न निर्देशन दिए ।

जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको भन्दै उनले यसको ठूलो बजार समेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोत लगायतका विभिन्न क्षेत्रको काम मुद्रणले पाउनसक्ने बताए ।

आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको जिकीर गर्दै मन्त्री शर्माले यसको लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । ‘धेरै ठूलो व्यापार यसले गर्न सक्ने भएकाले यसमा लगानी भनेको नाफाका लागि हो’, उनले भने, ‘यहाँ मैले घाटा देखिन । नाफा मात्रै हुने ठाउँमा लगानी गर्न सरकारले पनि हिच्किचाउनुपर्छ जस्तो मलाई लाग्दैन ।’

उनले नेपालमा कुनै पनि हालतमा चोरी नहुने तथा नक्कली स्टिकर बनाउन नमिल्ने स्तरको सुरक्षित स्टिकर छाप्नुपर्ने आवश्यकता औंल्याउदै अब सुरक्षण मुद्रण केन्द्रले सो परिपूर्ति गर्नेमा विश्वास व्यक्त गरे । यसबाट अरबौँको राजस्व चुहावटलाई नियन्त्रण गर्नसकिने विश्वास पनि उनले व्यक्त गर । ‘यहाँ प्रिन्ट गरेर अरबौँको फाइदा मात्र गर्ने होइन, अरबौँको राजस्व थप असुल हुने पनि देखिन्छ । अहिले मन्त्रालयले अन्तः शुल्क स्टिकरबाट करिब एक खर्ब बराबरको राजस्व उठाउने गरेको छ’, उनले भन्नुभयो । ‘यस्ता स्टिकरले सुशासन कायम गर्नसमेत सहयोग गर्न ।’

यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षण मुद्रण केन्द्र राज्यले सञ्चालन गरेका संस्थामध्ये उदाहरणीय संस्था बन्नसक्ने उल्लेख गरे । ‘यसले नमुनाको रूपमा काम गरोस्’, उनले भने, ‘भोलि गएर सरकारले चलाएको उद्योग पनि राम्रो चल्छ, राम्रो हुँदो रहेछ भन्ने कुरा यसले देखाउन सकोस् ।’
हाल स्टिकर छाप्ने काम जनक शिक्षा सामग्री केन्द्रले गर्दै आएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार दुई वर्षदेखि जनक शिक्षाले करिब २२ करोडमा स्टिकर छाप्दै आएको छ । यसअघि ‘ग्लोबल टेन्डर’ मार्फत् स्टिकर छापिँदै आएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : २२ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी