२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बिरामीको उपचारका लागि गाउँमै पुगे स्वास्थ्यकर्मी



सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाका स्वास्थ्यकर्मी बिरामीकाे उपचार गर्न दुर्गम बस्ती चाला गाउँमा पुगेका छन् ।

स्वास्थ्यकर्मी गाउँमै आएर उपचार गर्दा निकै नै राहत भएकाे स्थानीय काँडोल लामाले बताए । चाला गाउँबाट नाम्खा गाउँपालिका केन्द्र यालबाङ पुग्न एक दिन पैदल हिँड्नुपर्छ ।

नाम्खा गाउँपालिका स्वास्था शाखाबाट तीन जना स्वास्थ्यकर्मी बिरामीको उपचार गर्न हिमपातमा पनि गाउँ पुगेका हुन् । सडक सञ्जाल नजोडिएको जिल्ला हुम्ला हो ।

गाउँमा बिरामी पर्दा लामा बसाल्ने र झारफुक गर्नेबाहेक विकल्प नभएका बेला स्वास्थ्यकर्मी पुगेर उपचार गरेकाे ताक्ला जिग्मेत लामाले बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाका अनुसार चाला गाउँमा स्वास्थ्य चौकी नहुँदा स्थानीयले सदरमुकाम सिमकोट वा गाउँपालिका केन्द्र याल्वाङमा रहेको स्वास्थ्य चौकीबाट चार-पाँच महिनाअगाडि लगेकाे सिटामोलले काम चलाउने गरेका थिए ।

बिरामीले उपचार नपाउने अवस्था भएपछि घरदैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ज्येष्ठ नागरिक, गर्भवती र बालबालिका गरी ३५ जना बिरामीको उपचार गरिएको उनले बताए ।

स्वास्थ्य परीक्षणसँगै औषधि पनि दिइएकाे छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५३ बजे

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ