२४ बैशाख २०८१, सोमबार | May 7, 2024

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै



काठमाडौं । स्थानीय तहको चुनावको मिति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले आज बिहान ११ बजे आयोगकै कार्यालयमा बैठक बोलाएको छ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १७ दललाई बोलाइएको छ ।

माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका विषयमा पनि छलफल हुने आयोगले जनाएको छ ।

यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका विषयमा सुझाव दिएको थियो । आयोगले आगामी वैशाख १४ र २२ गते चुनाव गर्न सकिने प्रस्ताव गरेको थियो ।

आजको बैठकमा पनि स्थानीय तहको चुनावकै मितिका विषयमा छलफल हुनेछ। त्यसपछि आयोगले सरकारलाई सुझाव दिनेछ ।

स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते सकिँदै छ । त्यसको दुई महिना अघि चुनाव गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ८ : ०७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,