७ आश्विन २०८३, बुधबार | September 23, 2026

दार्चुलामा कोरोना खोप अभाव



दार्चुला । जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो ।

प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन । ‘कोरोनाको खोप सकिएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भने, ‘अहिले खोप माग गरिएको छ, एक-दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन् ।’

यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशमा सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ ।

सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वायरूपमा मास्क लगाउनु पर्नेछ । त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ । बिहीबारसम्म जिल्लामा १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । सीमानाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण देखिने गरेको छ ।

भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ११ : २७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई