१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रचण्डलाइ प्रमुख अतिथि नबनाएपछि प्रेस सेन्टरका सदस्यले गरे महासंघको बैठक बहिस्कार 



काठमाडौं । मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरू नेपाल पत्रकार महासंघको बैठक छोडेर बाहिरिएका छन् ।
कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकबाट प्रेस सेन्टरसम्बद्ध केही सदस्यहरू बाहिरिएका हुन् । मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा महासचिव रोशन पुरीको योजनामा प्रेस सेन्टर सम्बद्ध सदस्यहरू बैठक छोडेर बाहिरिएका हुन् ।
महासचिव पुरीले बैठक सञ्चालन गरिरहँदा सेन्टर निकट सदस्यहरू बाहिरिँदा पनि कुनै रुलिङ नगरी उनीहरूप्रति सद्भाव देखाएको एक केन्द्रीय सदस्यले बताए ।
बैठकको प्रक्रिया सुरु नहुँदै महासचिवको योजनामा सेन्टर निकट सदस्यहरू बोलेर बाहिरिएका थिए । महासचिवले बहिस्कारका नाममा  बैठक पूर्व नै सेन्टर निकट सदस्यहरूलाई बाहिर पठाएर महासंघले गठन गर्न लागेको विभिन्न विभागहरूमा बार्गेनिङ गर्ने रणतीति बनाएको बुझिएको छ ।
असन्तुष्टिका कुराहरू बैठकमै राख्नुको साटो बैठक सुरु नहुँदै बाहिर निस्किनु अमर्यादित काम भएको लेखा समिति सदस्य मुकुन्द भन्डारीले बैठकमै बताएका थिए ।
यस्तै केन्द्रीय सदस्य रमेश खतिवडाले बैठक बिधानसम्मत चल्नुपर्ने बताएका थिए । बैठक नियमित रुपमा सञ्चालनका लागि पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम