२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्ती र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको हो ।

प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिदै आएको स्मरण गर्दै यश बर्ष पनि साे बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

बिगतका दिनमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएकोमा यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयाेजक मानसिं बिकले जानकारी दिए ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ३८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल