१२ बैशाख २०८३, शनिबार | April 25, 2026

माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेको भिड



खोटाङ । माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खाेज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयकाे भिड नजिकका जंगलमा बढेकाे छ ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खाेज्ने गरेका छन् ।

कुनै-कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुई/तीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई-तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेकाे र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका रहरमान राईले बताए ।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ०६ बजे

नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल २०८३’ सुरु

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड बेभरेज

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा