२ पुस २०८२, बुधबार | December 18, 2025

ऐतिहासिक रभुवा मेला स्थगित



खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको रभुवास्थित दुधकोसी किनारमा लाग्ने ऐतिहाँसिक माघे संक्रान्ति मेला रोकिएको छ ।

करिब २००७ सालभन्दा अघिदेखि लाग्दै आएको ऐतिहासिक मेला कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै स्थगित गरिएको हो । कोभिड–१९ को बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै रावाबेँसी गाउँपालिकाले ऐतिहासिक रभुवा मेलालाई रोक लगाएको हो ।

कोभिडको जोखिमलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार रभुवा तथा अन्य धार्मिक तिर्थस्थलमा लाग्ने मेलालाई रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

खोटाङ र ओखलढुंगाको सीमानामा लाग्ने मेलालाई जिल्लामा ऐतिहासिक मेला मान्ने गरिन्छ । माघे संक्रान्तिको दुई दिन अघिदेखि नै सुरु हुने र चार/पाँच दिनसम्म लाग्ने ऐतिहासिक मेला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको बिनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।

माघे संक्रान्तिको अवसरमा दुधकोसीमा मकर नुहाउने र मेला भर्ने स्थानीयको भीड लाग्ने गरेको स्थानीय बताउँछन् ।

 

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ११ : ४८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल