१२ बैशाख २०८३, शनिबार | April 25, 2026

सबै नागरिकलाई पूर्ण मात्राको खोप दिन्छौं : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई पूर्ण मात्राको खोप लगाइने बताएका छन् ।

शनिबार बालुवाटारमा स्वास्थ्यविज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि खोप नै अन्तिम विकल्प देखिएको भन्दै सबै नागरिकलाई पूर्ण मात्राको खोप दिइने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले अब आवश्यकताअनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले विज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समुदायकै लागि चुनौती देखिएकाले यसलाई सामना गर्ने सबै उपायहरुलाई अबलम्बन गर्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइसोलेसन र होल्डिङ सेन्टरका साथै कोरोना परीक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।

छलफलका क्रममा परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेसन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग विशेषज्ञ डाक्टर जनक कोइरालाले जानकारी दिए ।

उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझा दिएका जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : १२ बजे

आफै बस्ती खाली गर्दै मनोहराका सुकुम्बासी

भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

दाङ । ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको

चट्याङ लागेर एक महिलाको मृत्यु

पर्वत । जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर

काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको