७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा कलाकार पन्थको मृत्यु



बुटवल । बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको मृत्यु भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतर्फ जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परि उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनी सवार लु ७० प १३५३ मोटरसाइकल गएराती सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा खसेको र बिहान मर्निङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो ।
फोटोग्राफर समेत रहेका गुल्मी छत्रकोट ३ निबासी पन्थ कलाक्षेत्रमा काम गर्दै आएका थिए । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् ।

उनी हाल रुपन्देहीको सैनामैनामा बसोबास गर्दै आएका थिए । उनका १ श्रीमती र १ सन्तान छन् ।

उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई