७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा कलाकार पन्थको मृत्यु



बुटवल । बुटवलमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको मृत्यु भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतर्फ जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परि उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनी सवार लु ७० प १३५३ मोटरसाइकल गएराती सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा खसेको र बिहान मर्निङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो ।
फोटोग्राफर समेत रहेका गुल्मी छत्रकोट ३ निबासी पन्थ कलाक्षेत्रमा काम गर्दै आएका थिए । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् ।

उनी हाल रुपन्देहीको सैनामैनामा बसोबास गर्दै आएका थिए । उनका १ श्रीमती र १ सन्तान छन् ।

उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : ५० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल