७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोनाबाट बाजुरामा एक जनाको मृत्यु



बाजुरा । कोरोना संक्रमितको संख्या बढेसँगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय कोरोना संक्रमित बजिर बुढाको मृत्यु भएको हो । कैलालिको गौरीफन्टा नाकमा चेकजाँच गर्दा बुढामा संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि भारत गएका बुढाको गौरीफन्टा नाकामा परीक्षण हुँदा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।

केहि दिन अगाडि कोरोना संक्रमण पुष्टि भएका बुढाको आज मृत्यु भएको उनले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको आजै दाहासंस्कार गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार भएको स्थानीयले बताएका छन् ।

मृतक बुढासंग आएका अन्य स्थानीय भने होम आइसोलेसनमा छन् । देशरभर कोरोना संक्रमण वृद्धि हुन थाले पछि बाजुरामा पनि संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ ।

हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगा नगरपालिकाका १ र बुढीनन्दा नगरपालिकामा २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ । जिल्ला भर संक्रमण फैलिने दर उच्च हुँदा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन जिल्ला अस्पताल बाजुराले आग्रह गरेको छ ।

जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले प्रत्यक दिन संक्रमित थपिने दर उच्च रहेको बताउँदै संक्रमण दर रोकथाम तथा नियन्तरणका लागि स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरे । अस्पतालमा दैनिक एन्टीजेन परीक्षण गर्न आउनेको संख्यामा वृद्धि हुन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन सबैमा आग्रह गरे ।

 

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ०० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई