६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेशका ११ वटै जिल्लामा पर्यटन शाखा रहने



बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ ।

बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिएका हुन् । उनले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताए।

“आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ, अब पर्यटनको काम जिल्लाबाटै हुन्छ”, मन्त्री कँडेलले भने, “अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहन्छ ।” त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवद्र्धनका काम सञ्चालन हुने उनले बताए ।

यसअघि पर्यटन सम्बद्ध सङ्घसंस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए । उनले छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय/संयन्त्र नहुँदा स–साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् । पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रुपमा पनि लिइए पनि सोही अनुसार सरकारी संरचना खडा हुन सकेको छैन ।

यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनका सेवामा सबैको पहुँच छैन । मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिए। उनका अनुसार छिट्टै कास्की र बागलुङमा त्यो कार्यालय सञ्चालनमा आउनेछ ।

उनले विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको बताए । “होटल व्यवसायीलाई बिनाब्याज तीन वर्षलाई १५ लाख ऋण दिइरहेका छौँ, तर सोच जसरी व्यवसायीले त्यो सुविधा लिन सक्नुभएको छैन”, उनले भने । -रासस

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ०१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं