१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो



सप्तरी । सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको काेराेनाबाट मृत्यु भएको हो।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।उनले भने, ´महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगै
सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ०४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको