३१ भदौ २०८३, बुधबार | September 16, 2026

सप्तरीमा कोरोनाबाट एक महिलाको मृत्यु, संक्रमितको संख्या १०५ पुग्यो



सप्तरी । सप्तरीमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ। सप्तरीको रूपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको काेराेनाबाट मृत्यु भएको हो।

१ माघमा ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियोे । पीसीआर परीक्षणका लागि २ गते स्वाव लिइएको थियो । ३ माघमा रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।उनले भने, ´महिलाले भ्याक्सिन लिएको भए पनि लामो समयदेखि सुगर रोगबाट पीडित भएर इन्सुलिन लिँदै आएकी थिइन्।’

२ माघमा पीसीआरका लागि ७५ जनाको स्वाव संकलन गरेकोमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रमुख यादवको भनाइ छ। यो सँगै
सप्तरीमा कोरोना पोजेटिभको संख्या एक सय पाँच पुगेको छ।

संक्रमितमध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका रहेको यादवले बताए । उनीहरू होम आइसोलेसनमा छन्।

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  २ : ०४ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०