६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिलोत्तमामा ५ दिने लोक नृत्य कार्यशाला, देशभरका करिब २ दर्जन लोपउन्मुख लोक नृत्यबारे छलफल



बुटवल । रुपन्देहीको तिलोत्तमामा ५ दिने राष्ट्रिय नृत्य निर्देशक कार्यशाला सुरु भएको छ । नेपालका विभिन्न ठाउँ तथा जातजातिमा रहेका मौतिक तथा लोपउन्मुख कला सँस्कृतिको जगेर्नाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ रुपन्देही व्यवस्थापनमा कार्यशालाको आयोजना गरिएको हो ।

देशका ७ वटै प्रदेशबाट कम्तिमा ३ जना नृत्यकर्मीको छनोट गरि उक्त क्षेत्रका लोकसाँस्कृतिक नाचका बारेमा कार्यपत्र प्रस्तुत हुनुका साथै कला आदानप्रदान गरिने नृत्यकर्मी संघ रुपन्देहीका अध्यक्ष अनु रजकले जानकारी गराए । कार्यशालामा लुम्बिनीबाट लोकनाचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ । लुम्बिनी पदेशबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । लोकनाचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ । लुम्बिनी पदेशबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा प्रदेश १ बाट नगेन्द्र राई र ओम प्रकाश बस्नेतले शाकेला, स्यादरपिदार, दोकेनीनाच, झुमरिया, हुधुर्दुरा तथा सामाचखेवा नाच बारे कार्यपत्र प्रस्तुत गरेका छन् । यसैगरी बागमतिबाट अष्टमात्रीका, धिमे, घिन्ताङ खिसी, राजा-रानी तथा कार्तिक नाच बारे कार्यपत्र प्रस्तुत भएको छ । सुरेन्द्र देशार, मोहन तलेजु र श्वजन रघुबंशीले उक्त नाच बारे कार्यपत्रसहित सहभागिहरुलाई जानकारी गराएका छन् ।

गण्डकी प्रदेशबाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गम बहादुर गुरुङ, प्राज्ञ सदस्यहरु राज बहादुर गुरुङ र गोरे गुरुङले त्यस क्षेत्रका लोकनृत्यहर घाटु, छाडु र पुटपुटे नाच बारे जानकारी गराएका छन् । कर्णाली प्रदेशबाट कुलमान नेपालीको नेतृत्वमा सहभागी समूहले सिंगारु र पैस्यारु नाच बारे जानकारी गराउने छन् । यस्तैगरी सुदुरपश्चिमको हुड्केउली र छलिया नाच बारे कार्यशालामा छलफल तथा जानकारी गराइने भएको छ ।

लोक सँस्कृतिहरु बारे छलफल गरि संरक्षणका लागि एकले अर्कालाई सिकाउने गरि आयोजित कार्यशालामा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, खोज अनुसन्धानकर्ता रोचक गापा तथा प्रतिभा पुनले सहजिकरण गर्ने भएका छन् ।

लुम्बिनी प्रदेश कानून, महिला बालबालिका जेष्ठनागरिक तथा सँस्कृति मन्त्री रमा घर्तिले कला सँस्कृत तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कला संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार र पुस्तान्तरण आवश्यक रहेको उल्लेख गरिन् । यसगरी तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले कला सँस्कृति बारेको जानकारी एक-आपसमा आदानप्रदान गरि नेपाली मौलिकता बचाइराख्न सकिने उल्लेख गरे ।

उद्घाटन कार्यक्रम नृत्यकर्मी संघ रुपन्देहीका सुदिप ढकालको सञ्चालन तथा नृत्य विभाग प्रमुख नमुना शर्माको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ३६ बजे

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग