५ पुस २०८२, शनिबार | December 20, 2025

तिलोत्तमामा ५ दिने लोक नृत्य कार्यशाला, देशभरका करिब २ दर्जन लोपउन्मुख लोक नृत्यबारे छलफल



बुटवल । रुपन्देहीको तिलोत्तमामा ५ दिने राष्ट्रिय नृत्य निर्देशक कार्यशाला सुरु भएको छ । नेपालका विभिन्न ठाउँ तथा जातजातिमा रहेका मौतिक तथा लोपउन्मुख कला सँस्कृतिको जगेर्नाका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र नृत्यकर्मी संघ रुपन्देही व्यवस्थापनमा कार्यशालाको आयोजना गरिएको हो ।

देशका ७ वटै प्रदेशबाट कम्तिमा ३ जना नृत्यकर्मीको छनोट गरि उक्त क्षेत्रका लोकसाँस्कृतिक नाचका बारेमा कार्यपत्र प्रस्तुत हुनुका साथै कला आदानप्रदान गरिने नृत्यकर्मी संघ रुपन्देहीका अध्यक्ष अनु रजकले जानकारी गराए । कार्यशालामा लुम्बिनीबाट लोकनाचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ । लुम्बिनी पदेशबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । लोकनाचको खोज अनुसन्धान गरि बड्की नाच, झुमडा र झर्रा नाच बारे कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसबारे कला आदानप्रदान गरिने आयोजकले जनाएको छ । लुम्बिनी पदेशबाट अनु रजक, मुकेश गुरुङ र पुनम थापाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा प्रदेश १ बाट नगेन्द्र राई र ओम प्रकाश बस्नेतले शाकेला, स्यादरपिदार, दोकेनीनाच, झुमरिया, हुधुर्दुरा तथा सामाचखेवा नाच बारे कार्यपत्र प्रस्तुत गरेका छन् । यसैगरी बागमतिबाट अष्टमात्रीका, धिमे, घिन्ताङ खिसी, राजा-रानी तथा कार्तिक नाच बारे कार्यपत्र प्रस्तुत भएको छ । सुरेन्द्र देशार, मोहन तलेजु र श्वजन रघुबंशीले उक्त नाच बारे कार्यपत्रसहित सहभागिहरुलाई जानकारी गराएका छन् ।

गण्डकी प्रदेशबाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति गम बहादुर गुरुङ, प्राज्ञ सदस्यहरु राज बहादुर गुरुङ र गोरे गुरुङले त्यस क्षेत्रका लोकनृत्यहर घाटु, छाडु र पुटपुटे नाच बारे जानकारी गराएका छन् । कर्णाली प्रदेशबाट कुलमान नेपालीको नेतृत्वमा सहभागी समूहले सिंगारु र पैस्यारु नाच बारे जानकारी गराउने छन् । यस्तैगरी सुदुरपश्चिमको हुड्केउली र छलिया नाच बारे कार्यशालामा छलफल तथा जानकारी गराइने भएको छ ।

लोक सँस्कृतिहरु बारे छलफल गरि संरक्षणका लागि एकले अर्कालाई सिकाउने गरि आयोजित कार्यशालामा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, खोज अनुसन्धानकर्ता रोचक गापा तथा प्रतिभा पुनले सहजिकरण गर्ने भएका छन् ।

लुम्बिनी प्रदेश कानून, महिला बालबालिका जेष्ठनागरिक तथा सँस्कृति मन्त्री रमा घर्तिले कला सँस्कृत तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कला संस्कृतिको संरक्षणसँगै प्रचारप्रसार र पुस्तान्तरण आवश्यक रहेको उल्लेख गरिन् । यसगरी तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले कला सँस्कृति बारेको जानकारी एक-आपसमा आदानप्रदान गरि नेपाली मौलिकता बचाइराख्न सकिने उल्लेख गरे ।

उद्घाटन कार्यक्रम नृत्यकर्मी संघ रुपन्देहीका सुदिप ढकालको सञ्चालन तथा नृत्य विभाग प्रमुख नमुना शर्माको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : ३६ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने