१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

डिशहोममा अब विश्वभरबाट सर्ट मुभी हेर्न सकिने



काठमाडौ । डिशहोमले सर्ट टिभीसँगको सहकार्यमा सर्ट मुभीहरुको प्रसारण सुरु गरेको छ । सर्ट टिभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले सोमबार आयोजित भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टिभी शुभारम्भ गरेका हुन् ।

डिशहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले सर्ट टिभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट मुभी हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट मुभीसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए ।

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुसी पार्न लागेको हो । डिशहोमको च्यानल नं. ९२८ मा सर्ट मुभी हेर्न सकिने छ । यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किस, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट मुभी हेर्न सकिने छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ६ : ४१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर