२८ आश्विन २०८३, बुधबार | October 14, 2026

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई



काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जीतसँगै एपिएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त ग-यो ।

एपीएफले पुलिसलाई जीतका लागि १५८ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा पुलिसले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनमा समेटियो । पुलिसका लागि दीपेन्द्र सिह ऐरीले सर्वाधिक ६५ रनको योगदान गरे तापनि त्यो जीतका लागि पर्याप्त भएन । ५४ बल खेलेका दीपेन्द्रले तीन चौका र दुई छक्काको मद्दतमा ६५ रनको योगदान दिएका हुन् । त्यसैगरी, दिलीप नाथले २३, आरिफ शेखले १२ तथा अनिल साहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर अङ्क जोड्न सकेनन् । गुल्सन झाले ५, रासिद खानले ४, अमृत श्रेष्ठले ३ तथा योगेन्द्र सिंह कार्कीले एक रन जोडे ।

एपीएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक÷एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपिएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपिएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण विक शून्य रनमा आउट भए । त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनास बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन÷तीन विकेट लिए भने गुलशन झाले २ विकेट लिए । त्यस्तै, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक÷एक विकेट झारे ।

सेमिफाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजीत गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि सुरुआत भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : ४७ बजे

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी