७ आश्विन २०८३, बुधबार | September 23, 2026

डेढ करोडको लगानीमा भैरहवामा खुल्यो ‘द ग्राण्ड किचन’



भैरहवा । भैरहवामा ‘द ग्राण्ड किचन’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथमा करिब डेढ करोडको लगानीमा होटल सञ्चालनमा आएको हो ।

होटलमा नेपाली, इण्डियन खानाका साथै २५ प्रकारको कफीको स्वाद लिन पाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

भैरहवा क्षेत्रमा रहेका कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै होम डेलीभरीको व्यवस्था समेत गरिएको द ग्राण्ड किचनका सञ्चालक उमेश आचार्यले बताए । पारिवारिक वातावरणमा विभिन्न परिकारका स्वादको आनन्द लिन सकिने उनले बताए ।

यसको साथै बालबालिकालाइ लक्षित गरि “किड्स मेनु”, हरेक शनिबार बिहानको नास्ता, हरेक शुक्रबार ” ह्यप्पी हावर” लगायतको सुविधाहरु ग्राहकले लिन सक्ने आचार्यले बताए । होटलमा हाल बिहान ११ बजेदेखि राती ९ बजेसम्म सेवा प्रदान गरिने उनले जानकारी दिए । होटलमा पुस्तकालयको समेत व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै होटलमा शाकाहारी खाना २ सय ५०, चिकन खाना ३ सय ५० र मटन खाना ४ सय रुपैयाँ रहेको होटलका अर्का सञ्चालक राजु रिजालले बताए । होटलमा कन्फ्ररेन्स हलको समेत व्यवस्था रहेको रिजालले जानकारी दिए ।

यसको साथै यस क्षेत्रमा कार्यक्रम गर्नको लागि ५० जना सम्म अट्ने सभाहलको ब्यवस्था समेत रहेको अर्का सन्चालक राजु रिजालले जनाए ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ३ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई