२० मंसिर २०८२, शनिबार | December 7, 2025

नबिल बैंकका सञ्चालक समितिका अध्यक्षले गरे सपथ ग्रहण



काठमाडौ । नबिल बैंक लिमिटेडको संचालक समितिको मिति २०७८ पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीज्यूबाट आज मिति २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय श्री नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

नबिल बैंकले ३७औं साधरणसभा सम्पन्न गरको तथा अहिले सम्म गरिआएको कार्यहरुलाई, गभर्नर ज्यूले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गरे ।

नबिल बैंक लिमिटेडका अध्यक्ष श्री पौडेलज्यूलाई मिति २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : ३२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल